विजय र्‍याली नगर्न रास्वपाको निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन जितेका आफ्ना पार्टीका उम्मेदवारहरूलाई विजय र्‍याली नगर्न निर्देशन दिएको छ । उपसभापति डोलप्रसाद अर्यालले शुक्रबार राति एक भिडियो अपिल जारी गर्दै अहिलेलाई विजय र्‍याली नगर्न भनेका हुन् । यसपटकको निर्वाचन आउनुमा साना नानीबाबुहरू, जेनजी समूहका छोराछोरीहरूले ज्यान गुमाएको पीडा अझै नसेलाएको भन्दै उनले यस्तो आग्रह गरेका हुन् । ‘साथसाथै संसारभरि रहनुहुने नेपालीहरूले नेपालमा सुशासन कायम होस्, भ्रष्टाचारको अन्त्य होस् भनेर गरेको यो साथ र सहयोगलाई हामीले नजिकबाट हेर्नुपर्छ&rsq...