जनार्दन शर्माको अग्रता कायमै, कसको कति मत ?

रुकुम पश्चिममा प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा जनार्दन शर्मा अग्रस्थानमा छन् । हालसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार प्रलोपाका उम्मेदवार शर्माले ३ हजार ५ सय २९ मत प्राप्त गरेका हुन् । यस्तै, कांग्रेस उम्मेदवार राजु केसीले २ हजार १ सय ६२ मत पाएका छन् भने नेकपाका गोपाल शर्माले २ हजार ८ सय ६६ मत प्राप्त गरेका छन् ।  मतगणना कार्य जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।