झापा ५ मा केपी ओली १३ हजार मतान्तरले पछाडि

झापा-५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र (बालेन) शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई झण्डै १३ हजार मतान्तरले पछाडि पारेका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार बालेनले १६ हजार ९८० मत प्राप्त गर्दै आफ्नो अग्रतालाई निकै फराकिलो बनाएका छन् ।  उनलाई पछ्याइरहेका ओली मात्र ३,९७३ मतमा खुम्चिएका छन् । बालेन र ओलीबीचको मतान्तर १३ हजार ७ पुगेको छ । श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङले १, हजार ८२९ मत ल्याएर तेस्रो स्थान ओगटेका छन् । उनले नेपाली कांग्रेसकी उम्मेदवार ...