प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा क्षेत्र नम्बर ५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह (बालेन) अग्रस्थानमा छन् । सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार शाहले १८ हजार ८४३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ४ हजार ४४२ मत पाएका छन् । यस्तै श्रम संस्कृति पार्टीका समिर तामाङले २ हजार ९१, नेपाली कांग्रेसका मंधरा चिमरियाले ५८९ र नेपाली कम्युनिष्ट पार्टीका रन्जित तामाङले ४९६ मत प्राप्त गरेका छन् । मतगणना कार्य जारी रहेको छ ।