कास्की–३ मा रास्वपाकी विना गुरुङ विजयी

कास्की निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी विना गुरुङ विजयी भएकी छन् ।  गुरुङले ३७ हजार ७ सय ५० मत प्राप्त गरिन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङले १२ हजार ७ सय ८० मत ल्याए । नेकपा (एमाले) का दामोदर बैरागीले ७ हजार ९ सय ६, राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्जुन खनालले १ हजार ५ सय २५ र नेपाली कम्युनिष्ट पार्टीका गोपाल गिरीले १ हजार ४ सय ५६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।