महोत्तरी–३ मा उज्वल झाको अग्रता

महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत जलेश्वर नगरपालिका वडा नं. १ र २ को ४ हजार ४३ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उज्वल झा अग्रस्थानमा छन् । हालसम्म झाले २ हजार २ सय ४३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी रामअधार कापरले ५१० मत पाएका छन् ।