प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा म्याग्दीका स्वतन्त्र उम्मेदवार महाविर पुन आठ हजार भन्दा बढी मतान्तरले अग्रता लिएका छन्। धवलागिरी, मालिका, मंगला गाउँपालिका र बेनी नगरपालिकाको २३ वटा वडामा खसेको २४ हजार नौ सय ३५ मत गणना गर्दा पुनले आठ हजार ६७ मतले अग्रता लिएका हुन् र पुनले १२ हजार दुई सय २२ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले हालसम्म चार हजार एक सय ५५ मत प्राप्त गरे मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिए । नेपाली काँग्रेसका कर्णबहादुर भण्डारी (के.बी.)ले...