सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका अशोक चौधरी अग्रस्थानमा छन् । हालसम्मको मतपरिणाम अनुसार चौधरीले १० हजार ३ सय ३६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विजय गच्छदारले ५ हजार ४ सय ३६ मत पाएका छन् । यस्तै नेकपा (एमाले) की भगवती चौधरीले ३ हजार ७ सय ९५ मत प्राप्त गरेकी छन् । मतगणना कार्य जारी रहेको छ ।