झापा–५ : बालेनले ओलीभन्दा चार गुणा बढी मत ल्याए

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह (बालेन)ले नेकपा (एमाले) का केपी शर्मा ओलीभन्दा चार गुणा बढी मत प्राप्त गरेका छन् । हालसम्मको मतगणना अनुसार बालेनले २२ हजार ७४२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी ओलीले ५ हजार ८६४ मत पाएका छन् । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवारले ६९९ र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारले ५८५ मत प्राप्त गरेका छन् ।