काठमाडौँ–५ मा रास्वपाका सस्मित पोखरेल विजयी

 प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सस्मित पोखरेल विजयी भएका छन् । पोखरेलले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै जित हासिल गरेका हुन् ।  उनले २७ हजार ४७७ मत पाएका छन् भने निकटम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले ८ हजार २११ मत पाए ।