प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा जारी प्रत्यक्षतर्फको मतगणनाको पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दीपकराज बोहराले फराकिलो मतान्तरसहित अग्रता कायम राखेका छन् । निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीका अनुसार बोहराले १५ हजार ५७९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार नारायणप्रकाश साउदले ४ हजार ७०७ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् । त्यसैगरी नेकपा (एमाले) का उम्मेदवार बचनबहादुर सिंहले ३ हजार ४६९ मत, नेपाली कम्युनिष्ट पार्टीका ...