सुनसरी-१ मा हर्क साम्पाङले बनाए अग्रता

 सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङले अग्रता बनाएका छन् ।  हालसम्मको मतगणनामा साम्पाङले ३ हजार ३२५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी रास्वपाकी सरिन तामाङ्गले ३ हजार ५८ मत पाएकी छन् । धरानमा मतगणना हुन थालेसँगै यसअघि पछि परेका उनले अग्रता बनाएका हुन् ।  मतगणना कार्य जारी छ ।