सल्यानमा नेकपाका मल्लको अग्रता

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सल्यानमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का रमेश मल्लले अग्रता लिएका छन् । मल्लले १३ हजार ७३४ मत गणना गर्दा ६ हजार ५८ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका केशबहादुर विष्टले २ हजार ३९१, राष्ट्रिय स्वतन्त्र पार्टीका ललितकुमार चन्दले २ हजार २११ र नेकपा (एमाले) का गुलाबजंग शाहले १ हजार ६३१ मत पाएका छन् । सल्यानमा १४ दल र दुई स्वतन्त्र गरी १६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यहाँ एक लाख ६४ हजार ६४८ मतदाता रहेका छन्, जसमा ८४ हजार २०१ मत खसेको थियो ।