पाँचथरमा श्रम संस्कृतिको अग्रता कायमै

प्रतिनिधि सभा सदस्य निर्वाचनको पाँचथरमा जारी मतगणनामा श्रम संस्कृति पार्टीका हस्तराज शेर्माले अग्रता कायमै राखेका छन् । मिक्लाजुङ गाउँपालिकाका सबै ८ वटा वडाको मतगणना सम्पन्न हुँदा शेर्माले दुई हजार ८९५ मत पाएका छन् ।  यस्तै नेपाली कम्युनिष्ट पार्टीका हर्कबहादुर नेम्बाङले एक हजार ८२४ मत, एमालेका अइन्द्रसुन्दर नेम्बाङले एक हजार ६०४ मत, नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङले एक हजार २३० मत पाए । यहाँ राष्ट्रिय परिवर्तन पार्टीका टेकबहादुर सुब्बाले ३६४ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्रविक्रम थाम्सुहाङले ३११ मत, ...