सुनसरी–२ मा रास्वपाकै अग्रता

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ । रास्वपाका उम्मेदवार लालबिक्रम थापाले चार हजार ३७९ मत प्राप्त गरी अग्रता लिएको सहायक निर्वाचन अधिकृत अरुणकुमार मेहताले जानकारी दिए । सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार राजीव कोइरालाले दुई हजार ३५१ मत प्राप्त गरी तामाङलाई पछ्याउँदै छन् । त्यस्तै ३८६ मत प्राप्त गरी नेपाली कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुजन लामा तेस्रो स्थानमा छन् । निर्वाचन क्षेत्र–२ मा एक लाख ५८ हजार ९१० मतदातामध्ये एक लाख ...