तनहुँ–१ मा स्वर्णिम वाग्लेको फराकिलो अग्रता

तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले फराकिलो अग्रता बनाएका छन्। उनले १५९११ मत ल्याएका छन्। उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले ६०३५ मत ल्याएर दोस्रो स्थानमा छन्। तेस्रो स्थानमा रहेकी एमालेकी भगवती न्यौपानेले २,४५८ मत ल्याएकी छन्।