चुनाव जितेपछि प्रचण्डको प्रतिक्रिया– संसद्को सबैभन्दा वरिष्ठ नेता भैसकेँ, मलाई कसैले माइनस गर्न सक्दैन

नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको भावी राजनीति र संसद्मा आफ्नो भूमिका निर्विकल्प रहेको दाबी गरेका छन्। प्रतिनिधि सभा निर्वाचनमा रुकुम पूर्वबाट विजयी भएपछि आयोजित सभालाई सम्बोधन गर्दै उनले अबको संसद्मा आफू नै सबैभन्दा ‘वरिष्ठ’ नेताका रूपमा रहने जिकिर गरे । अन्य स्थापित शीर्ष नेताहरू यसपटकको प्रतिस्पर्धामा पाखा लाग्ने अवस्था उनको भनाइ छ । ‘संसद्भित्रको सबैभन्दा वरिष्ठ नेता त म भैसकेँ । मलाई कुनै पद चाहएिको छैन । रुकुम पूर्वको जनताले देशकै वरिष्ठ नेता बनाए...