बाँके-२ बाट एमालेले खोल्यो खाता, चुनावअघि दलबदल गरेका इस्तियाक राई विजयी

प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा नेकपा एमालेले पहिलो जित निकालेको छ। बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका मोहम्मद इस्तियाक राई विजयी भएका हुन् ।  राईले २४ हजार ६२८ मत प्राप्त गर्दा रास्वपाका विवेक कुमार श्रेष्ठले १८ हजार ६८२ मत प्राप्त गरे। राई यही निर्वाचन क्षेत्रबाट २०६४ र २०७४ मा विजयी भएका थिए। २०७० को दोस्रो संविधानसभा र २०७९ को प्रतिनिधिसभामा भने उनी पराजित भए ।  राई खासमा जनता समाजवादी पार्टी नेपालका नेता हुन्। तर चुनावअघि एमालेका अध्यक्ष केपी शर्म...