काठमाडौं–९ मा झण्डै ३० हजार मतान्तरसहित रास्वपा उपसभापति अर्याल निर्वाचित

काठमाडौँ ९ मा रास्वपाका उम्मेदवार डोलप्रसाद अर्याल प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । रास्वपाका उपसभापतिसमेत रहेका अर्यालले ३५ हजार ९३ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नानुमैया बास्तोलाले पाँच हजार चार सय ६० मत पाइन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेका अजयक्रान्ति शाक्यले चार हजार पाँच सय ८०, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिलकुमार कार्कीले एक हजार चार सय ५७ र नेपाली कम्युनिस्ट पार्टीका राधाकृष्ण महर्जनले एक हजार तीन सय २८ मत प्राप्त गरे ।  निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक ...