गगनको गढमा रास्वपाको सानदार विजय

काठमाडौं क्षेत्र नम्बर–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार पुकार बम फराकिलो मतान्तरसहित विजयी भएका छन्। नेपाली कांग्रेसका सभापति गगन थापाको परम्परागत गढ मानिने निर्वाचन क्षेत्रमा बमले ऐतिहासिक जित हात पारेका हुन् । अन्तिम मतपरिणाम अनुसार बमले २९ हजार १ सय ४२ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सचिन तिमलसेनाले ८ हजार ८ सय २४ मत प्राप्त गरे । विजयी बम र कांग्रेस उम्मेदवार तिमलसेनाबीचको मतान्तर २० हजार बढी छ ।  विगतमा यस क्षेत्रबाट कांग्र...