रुपन्देहीका पाँचवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जारी मतगणनाको पछिल्लो मत परिणाम अनुसार रास्वपाका उम्मेदवारहरू अग्रस्थानमा रहेका छन् । हालसम्मको मतगणनामा रास्वपाका उम्मेदवारहरूले अन्य दलका उम्मेदवारलाई पछि पार्दै सबै निर्वाचन क्षेत्रमा अग्रता कायम गरेका हुन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार रुपन्देही १ मा रास्वपाका उम्मेदवार सुनिल लम्साल १४ हजार ८२४ मतका साथ अग्रस्थानमा रहेका छन्। उनलाई राप्रपाका प्रज्वल बोहराले ४ हजार ४१४ मतका साथ पछ्याइरहेका छन् । रुपन्देही २ मा रास्वपाका उम्मेदवार सुलभ खरेल ३२ हजार १८८ मतका साथ ...