मोरङ– ६ मा रास्वपाकी रुबिनाको सानदार जित, शेखरसँग ४२ हजार बढीको मतान्तर

मोरङ–६ मा रास्वपाकी उम्मेदवार रुबिना आचार्य विजयी भएकी छिन् । उनी ५५ हजार ५१३ मतसहित विजयी भएकी हुन् ।  उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डा. शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरे । त्यस्तै, एमालेका बिनोद ढकालले ८ हजार ३१७ मत प्राप्त गरे । श्रम संस्कृति पार्टीका मात्रिका पौडेलले भने ३ हजार ४ सय मत प्राप्त गरेका छन् । यो क्षेत्रमा गत निर्वाचनमा कांग्रेसका कोइराला विजयी भएका थिए ।