गुल्मी क्षेत्र नम्बर २ मा एमाले उपाध्यक्ष गोकर्ण विष्ट फेरि पछाडि परेका छन् । बिहान ६ बजेसम्मको मतगणना अनुसार उनी २०९ मतले पछाडि छन् । रास्वपाका गोविन्द पन्थीले १३ हजार २६६ मत ल्याउँदा विष्टले १३ हजार ५७ मत ल्याएका छन् । यस्तै कांग्रेसका भुवन श्रेष्ठले १० हजार ३१६ मत ल्याएका छन् भने, नेकपाका श्रीराम महतले २ हजार ५७१ मत प्राप्त गरेका छन् ।