तेह्रथुममा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा निर्वाचित भएका छन्। एमाले सचिव भानुभक्त ढकाललाई पराजित गर्दै सुब्बा विजयी भएका हुन्। सन्तोष ११ हजार ५६१ मत प्राप्त गरी विजयी भएका छन्। ढकालले १० हजार ६८२ मत प्राप्त गरे। सुब्बाले ढकाललाई ८७९ मतान्तरले पराजित गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार सुरेन्द्र कार्कीले ७ हजार ७३७ मत ल्याएर तेस्रो स्थान हासिल गरे। त्यस्तै, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका सुविन्द्र कुमार लिम्बुले पनि ५ हजार २०० मत प्राप्त गरेका छन्।