रूपन्देही– ४ : प्रदेश सभाबाट राजीनामा दिएर उम्मेदवार बनेका बनिया प्रतिनिधि सभा सदस्य निर्वाचित

रुपन्देही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कन्हैया बनिया विजयी भएका छन् । निकटतम प्रतिस्पर्धीलाई ७ हजार ८०४ मतान्तरले पराजित गर्दै बनिया विजयी भएका हुन् । प्रदेशसभा सांसदबाट राजीनामा दिएर उनी प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका थिए । निर्वाचन अधिकृत टोपबहादुर विष्टका अनुसार विजयी बनियाले २८ हजार ६६ प्राप्त गर्दा एमालेका प्रमोदकुमार यादवले २० हजार २६२ मत प्राप्त गरे । त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रले १५ हजार ६१३ मत प्राप्त गरे । रुपन्देही ४ मा कुल १ लाख १६ हजार १ सय ७२ मतदाता रहेका थिए। ...