झापा क्षेत्र नम्बर ५ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले फराकिलो अग्रता लिएका छन्। शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई करिब २४ हजार मतान्तरले पछाडि पारेका हुन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार ५१ हजार ६९८ मत गणना हुँदा बालेनले ३२ हजार ३३६ मतप्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी ओलीले मात्र ८ हजार ५१८ मत प्राप्त गरेका छन्। शाह र ओलीबीचको मतान्तर २३ हजार ८१८ पुगेको छ। हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङ ५ हजार ४७८ ...