दाङ– २ मा रास्वपाका आचार्यको फराकिलो अग्रता, १५ हजार मतले पछि परे पोखरेल

दाङ क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का महासचिव शंकर पोखरेल १५ हजार भन्दा बढी मतान्तरले पछाडि परेका छन् । पछिल्लो मतपरिणामअनुसार रास्वपाका उम्मेदवार तथा सहमहामन्त्री विपिनकुमार आचार्यले २५ हजार ३८५ मत ल्याउँदा पोखरेलले जम्मा ९ हजार ४९१ मत मात्र प्राप्त गरेका छन् । पोखरेल र आचार्यबीचको मतान्तर १५ हजार ८९४ रहेको छ । यस्तै, कांग्रेसका किरणकिशोर घिमिरेले ७ हजार ३३८ मत मात्र प्राप्त गरेका छन् । गत निर्वाचनमा पनि पोखरेल तत्कालीन नेकपा माओवादी नेतृ रेखा शर्मासँग झिनो १९३ मतले पराजित भएका थिए ।