झापा क्षेत्र नम्बर ५ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले फराकिलो अग्रता लिएका छन्। शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई करिब २६ हजार मतान्तरले पछाडि पारेका हुन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार बालेनले ३४ हजार ८६३ मतप्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी ओलीले मात्र ९ हजार ६८ मत प्राप्त गरेका छन्। शाह र ओलीबीचको मतान्तर २५ हजार ७९५ पुगेको छ। हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङ ५ हजार ४७८ मतका साथ तेस्रो स्थानमा छ...