भारी मतान्तरसहित चितवन–२ मा रविको ह्याट्रिक जीत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन २ बाट तेस्रो पटक भारी मतले विजयी भएका छन्।  लामिछानेले ५४ हजार ४०२ मत पाए। नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी मीना कुमारी खरेलले १४ हजार ५ सय ६४ मत ल्याइन् । उनीहरूबीचको मतान्तर ३९ हजार ८ सय ३८ रहेको छ ।  लामिछानेले ५४ हजार ४ सय २ मत प्राप्त गरेका छन् । अघिल्लो निर्वाचनमा ५४ हजार २ सय ७६ मत प्राप्त गरेका थिए । तेस्रो नम्बरमा रहेका नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले ६ हजार ९ सय ९२ मत प्राप्त गरे । चितवन निर्वाच...