म्याग्दीमा महावीर पुनको जित सुनिश्चित

​म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन करिब चार हजार मतगणना बाँकी हुँदा १२ हजार ६०० भन्दा बढी मतान्तरले अगाडि छन् । धौलागिरि, मालिका, मङ्गला गाउँपालिका, बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाको ४१ वटा वडाको मतगणना सकिँदा पुनले २० हजार २०८ मतसहित अग्रता बनाएका हुन् । पुनको गृहपालिका अन्नपूर्ण गाउँपालिकाको ५, ६, ७ र ८ को तीन हजार ९०६ मत गणना हुन बाँकी छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले हालसम्म सात हजार ५२४ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थाप...