म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी

म्याग्दीमा निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् । २२ हजार ८५० मतका साथ पुन निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले सात हजार ९१९ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिए । नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले छ हजार ८८४ र नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापाले तीन हजार ५२९ मत प्राप्त गरेका छन् । बिहीबार भएको म...