रुपन्देही क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार सुलभ खरेलले ५० हजार मत कटाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका विष्णु पौडेलले ११ हजार १५२ मत मात्र ल्याएका छन् । यस्तै, कांग्रेसका चुन्न पौडेलले ८ हजार १७ मत मात्र ल्याएका छन् । बिहीबार भएको निर्वाचनमा यहाँ ८६ हजार मत खसेको थियो । अहिलेसम्म ७५ हजार ८२३ मत गणना भएको छ । यो क्षेत्रमा खरेलको जीत सुनिश्चित देखिएको छ । २०६४ यताका सबै चुनाव जितेका पौडेल यस निर्वाचनमा हारको संघारमा छन् ।