प्रतिनिधिसभा सदस्य निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्रीको जीत सुनिश्चित देखिएको छ । मत परिणाम अनुसार उनी ३४ हजार ७०२ मत ल्याएर पहिलो स्थानमा छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका सचिव महेश बस्नेत फराकिलो मतान्तरले पछाडि छन् । बस्नेतले ८ हजार ३५१ मत ल्याएका छन् । कांग्रेसका उम्मेदवार कबिर राणा तेस्रो स्थानमा रहँदै सात हजार ३२१ मत ल्याएका छन् । एमालेका बस्नेतले हार स्वीकार गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘लोकतन्त्रमा जनताको निर्णय नै सर्वोप...