प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्वतबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सागर भुसाल विजयी भएका छन् । एकमात्र निर्वाचन क्षेत्र रहेको पर्वतबाट उनी २६ हजार ५६१ मत ल्याउँदै विजयी भएका हुन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धीलाई १० हजार ६०७ मतान्तरले पराजित गरेका हुन् । दोस्रो भएका नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीले १५ हजार ९५४ मत पाए । १५ हजार ७५ मतसहित नेकपा एमालेका पदम गिरी तेस्रो भए ।