काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम निर्वाचित भएका छन् । उनी २९ हजार १४२ मत प्राप्त गरी निर्वाचित भएका निर्वाचन आयोगले जनाएको छ । बमका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सेनाले आठ हजार ८२४ मत प्राप्त गरे भने एमालेका उम्मेदवार राजन भट्टराईले पाँच हजार ७३३ ल्याएका छन् । यसअघिको निर्वाचनमा सो क्षेत्रबाट नेपाली कांग्रेसका सभापति गगन थापा निर्वाचित भएका थिए ।