स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का धनञ्जय रेग्मी प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । रेग्मीले २९ हजार ७१ मत प्राप्त गरी जीत हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार भरतराज ढकालले १८ हजार ८५७ मत प्राप्त गरे । एमालेको वर्चस्व मानिने यस क्षेत्रमा नेकपा (एमाले)का उम्मेदवार मीनप्रसाद गुरुङले १६ हजार ८०४ मत प्राप्त गरेका छन् ।