दार्चुलामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसका उम्मेदवार धर्मानन्द जोशीले अग्रता कायम राखेका छन् । हालसम्म ब्यास गाउँपालिका, दुहु गाउँपालिका र शैल्यशिखर नगरपालिकाको मतगणना सम्पन्न भइसकेको छ भने अहिले महाकाली नगरपालिका–१ को मतगणना जारी छ । हालसम्मको मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार जोशीले सात हजार ४९ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवारका उम्मेदवार गणेशसिंह ठगुन्नाले छ हजार ६४२ मत प्राप्त गरेका छन् । यससँगै कांग्रेसले एमालेमाथि ४०७ मतको अग्रता बनाएको हो...