कर्णाली प्रदेशको दुर्गम जिल्ला मुगुमा अझै मतगणना शुरू भएको छैन । बिहीबार मतदान सम्पन्न भए पनि मुगुमा शनिबार बिहानसम्म मतपेटिका संकलनको काम सकिएको छैन । दुई केन्द्रको मतपेटिका सदरमुकाम गमगढी आइपुग्न बाँकी छ । जिल्ला निर्वाचन अधिकारी कमल प्रसाद उपाध्यायका अनुसार शनिबार बिहान साढे ११ बजेसम्म ती मतपेटिका सदरमुकाम ल्याइपुर्याउने तयारी छ । ‘त्यसपछि सर्वदलीय बैठक बसेर गणना प्रक्रिया अघि बढाउँछौं’, निर्वाचन कार्यालय प्रमुख उपाध्यायले भने ।