नुवाकोटका दुवै क्षेत्रमा रास्वपा अगाडि, पच्छ्याउँदै कांग्रेस

दुई वटा निर्वाचन क्षेत्र रहेको नुवाकोटका दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता कायम गरेको छ । निर्वाचन आयोगको पछिल्लो तथ्याङ्कअनुसार क्षेत्र नम्बर १ मा विक्रम तिमल्सिना अगाडि छन् । उनले हालसम्म ५ हजार ८७६ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले ४ हजार ६६४ मत पाएका छन् । तेस्रो स्थानमा हरका नेकपा उम्मेदवार हितबहादुर तामाङले ३ हजार ५७९ मत पाएका छन् । यस्तै, क्षेत्र नम्बर २ मा रास्वपा उम्मेदवार अचुत्तम लामिछानेले २९ हजार २३ मत पाएका छन् । दोस्रो स्था...