ललितपुरका ३ वटै क्षेत्रमा रास्वपाको अग्रता

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरूले अग्रता कायम गरेका छन् । ललितपुर क्षेत्र नम्बर १ को जारी मतगणनाअनुसार रास्वपाका बुद्धरत्न महर्जन २० हजार २०८ मत प्राप्त गर्दै पहिलो स्थानमा छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उदयशमशेर राणाले १२ हजार ४०३ मत प्राप्त गरेका छन् ।  त्यस्तै नेकपा(एमाले)का उम्मेदवार चेतननाथ सञ्जेलले छ हजार १४८ मत ल्याएका छन् । उज्यालो नेपाल पार्टीका पदमकुमार लामाले दुई हजार ६४२ तथा नेपाली कम्युनिस्...