मोरङ क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश कार्कीले नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्मालाई फराकिलो मतान्तरले पछाडि पारेका छन् । पछिल्लो विवरण अनुसार गकार्कीले १२ हजार ७५१ मत प्राप्त गर्दा कांग्रेसका सुनिल शर्माले ८ हजार ३७६ मत ल्याएका छन् । कार्की र शर्माबीच ४ हजार ३७५ को मतान्तर देखिएको छ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पुराना ठूला दललाई टक्कर दिएको छ । श्रम संस्कृतिका उम्मेदवार अमिर मगरले ७ हजार २४८ मत प्राप्त गरेका छन् ।