बझाङमा एमालेका ऐन महर विजयी

नेकपा एमालेले बझाङमा जीत हासिल गरेको छ ।  एक मात्र निर्वाचन क्षेत्र रहेको बझाङमा नेकपा एमालेका उम्मेदवार ऐनबहादुर महर विजयी भएको मुख्य निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले लोकान्तरलाई जानकारी दिए । निर्वाचन आयोगको तथ्यांक अनुसार एमाले उम्मेदवार महरले १८ हजार ५४३ मत पाए ।  दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार प्रकाश स्नेही रसाइलीले १६ हजार ३०४ मत पाए ।  यस्तै, तेस्रो स्थानमा रहेका नेकपाका मीनबहादुर कुँवरले ९ हजार ७५७ मत पाएको आयोगको तथ्यांकमा उल्लेख छ । बझाङमा ५७ हजार ९५४ मत ...