कोशी प्रदेशका पहाडदेखि तराईसम्म परम्परागत राजनीति दलहरू निकै रक्षात्मक देखिएका छन् । वर्षौँदेखि सत्ता वरिपरि रहेका नेकपा (एमाले) र नेपाली कांग्रेससहित नेकपाजस्ता पुराना दलहरूलाई हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी (माटो) र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी)ले हायलकायल पारेका छन् । पहाडका जिल्लाहरूमा माटो र तराईमा ‘घण्टी’को लहर आएपछि यसअघि ठूला भनिएका दलका नेताहरूलाई अहिले विरासत जोगाउनै सकस परेको छ । साम्पाङको श्रम संस्कृति पार्टीले कोशीका तीन महत्त्वपूर्ण निर्वाचन ...