नागरिक अभियानबाट राजनीतिमा होमिएकी रुबिनाको प्रभावशाली उदय

मोरङमा सामाजिक अभियन्ताको रूपमा स्थापित विराटनगरकी रुबिना आचार्यले मोरङ–६ बाट नेपाली कांग्रेसका ‘हेभिवेट’ उम्मेदवार डा. शेखर कोइरालालाई फराकिलो मतान्तरले हराउँदै प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी छन् । उनी ५५ हजार ५१३ मतसहित विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका डा. शेखर कोइरालाले १२ हजार ८५० मत मात्रै ल्याए ।  रुबिनाको राजनीतिक खुड्किलो भने २०७४ मा विवेकशील साझाबाट शुरू भएको थियो । विवेकशील साझा पार्टीको युवा संगठनको बागमती प्रदेश समितिमा रहेर काम गरेकी रुबिना सोही पार्...