रूपन्देही ३ मा रास्वपाका थापा ५० हजार बढी मतान्तरले विजयी

रूपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार लेखजंग थापा विजयी भएका छन् । शनिबार बिहान आएको अन्तिम मतपरिणामअनुसार उनले नेपाली कांग्रेसका सुशील गुरुङलाई ५० हजार ३७९ मत अन्तरले पराजित गरे । थापाले ५८ हजार ८१४ मत ल्याउँदा गुरुङले जम्मा ८ हजार ४३५ मत मात्र प्राप्त गरे । यस्तै एमालेका वासुदेव घिमिरेले ८ हजार २७८ मत मात्र ल्याए । यस्तै राप्रपाका गौरव बोहराले ७ हजार ७८९ मत मात्र ल्याउन सके । आम निर्वाचन अघि घोषणा भएको उपचुनावका लागि पनि रास्व...