नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीको नीति र नेतृत्व पुनर्गठनका लागि लाग्ने घोषणा गरेका छन् । आफूहरूका तर्फबाट विगतमा भएका गल्ती कमजोरीहरूको गम्भीर समीक्षा गर्न, जनअपेक्षा अनुसार आफैंलाई रूपान्तरण गर्न पार्टीको नीति र नेतृत्व पुनर्गठनका लागि लाग्ने उनको भनाइ छ । ‘विगतमा हाम्रा तर्फबाट भएका गल्ती, कमजोरीहरूको गम्भीर समीक्षा गर्न, जनअपेक्षा अनुसार आफैंलाई रूपान्तरण गर्न र नेकपा (एमाले)को नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षा अनुरूप पुनर्गठन गर्न अग्रसरता लिने र अविचलित भएर जनता र राष्ट्रको ...