एमाले उपाध्यक्ष पौडेललाई ४३ हजार मतले पछि पार्दै रास्वपाका खरेल विजयी

रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेल विजयी भएका छन् । उनले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई ४३ हजार ६८९ मतान्तरले पराजित गरे ।  खरेलले ५६ हजार ५५० मत पाएर निर्वाचित भएका हुँदा पौडेलले १२ हजार ८६१ मत मात्रै पाए । नेपाली कांग्रेसका चुन्नप्रसाद पौडेलले ९ हजार ३९२ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सुभाष पाण्डेले १ हजार ४०९ मत पाए । २०६४ को पहिलो संविधानसभा चुनावसहित त्यस यताका सबै निर्वाचनमा सहज जीत निकाल्दै आएका पौडेलले यो पटक फराकिलो मतान्तरले प...