कैलाली क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार कोमल ज्ञवाली विजयी भएकी छिन् । उनले १७ हजार ८२६ मत प्राप्त गरेकी जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेपाली कांग्रेसका जनकराज चौधरीले १२ हजार ८६७ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका रामलाल डगोरा थारूले आठ हजार ३९२ मत प्राप्त गरेका छन् ।