डोटीमा कांग्रेसका भरत खड्का विजयी

डोटीमा नेपाली कांग्रेसका भरत खड्का विजयी भएका छन् ।  एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा कांग्रेस उम्मेदवार खड्काले १४ हजार ८९७ मत प्राप्त गर्दै जीत हात पारेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दीपकबहादुर धामीले १४ हजार ११० मत ल्याए । यसका साथै रास्वपाका नरेन्द्रबहादुर खड्काले १३ हजार २७० मत ल्याएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।