राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दलीय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन् । प्रतिनिधि सभा चुनावमा तेस्रोपटक पराजित भएपछि शनिबार विज्ञप्ति जारी गर्दै उनले दलीय राजनीतिबाट तत्कालका लागि बिदा लिएको घोषणा गरेका हुन् । काठमाडौं-१ बाट उनी तेस्रोपटक पराजित भएका थिए । 'मैले आज जे निर्णय लिँदैछु, त्यो कुनै निराशा, हताश या हतारमा लिँदै छैन। धेरै सोचि-विचारी लिँदैछु,' उनले भनेका छन्,'देशभरि राजसंस्था पुनर्स्थापनाको पक्षमा व्यापक जनमत हुँदाहुँदै पनि सो जनमतलाई सङ्गठित र ...